पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो ।
कर्फ्यू हटेसँगै पश्चिम नवलपरासीको जनजीवन सामान्य बन्दै जान थालेको छ ।
यता नवलपुरमा शुक्रबारबाट कर्फ्यू र शनिबारबाट निषेधाज्ञा हटाइएको थियो ।