नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु




कुसुम परियार –  

नवलपुर । नवलपुर जिल्लामा आजदेखि सरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयहरु सञ्चालनमा आएका छन् ।




नवलपुरका स्थानीय तहहरुले शनिबार सूचना जारी गरी आज आइतबारबाट कार्यालय नियमित सञ्चालनमा आउने जनाएका थिए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार आजबाट नवलपुरका सरकारी कार्यालय, वित्तिय संघसंस्था तथा विद्यालयहरु खुलेको जानकारी दिए ।

नवलपुरमा शुक्रबारबाट कर्फ्यू र शनिबारबाट निषेधाज्ञा हटाएका पछि यहाँको जनजीवन सामान्य बन्दै गएको थियो ।



सम्बन्धित
Loading...