नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
नवलपुर । नवलपुरका पालिका प्रमुखहरुको वैठकले जेनजी आन्दोलनको क्रममा भएका तोडफोडका घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ ।
आज मध्यविन्दु नगरपालिकामा बसेको यहाँका पालिका प्रमुखहरुको वैठकले यस्तो माग गरेका हुन् । वैठकमा गैडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, देवचुली नगरपालिका प्रमुख हरि न्यौपाने, कावासोती नगरपालिका प्रमुख विष्णु भुसाल, मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरी लगायतको सहभागिता रहेको थियो । वैठकमा पहाडका दुई पालिकाका जनप्रतिनिधिहरुको भने सहभागिता रहेको थिएन ।
वैठकले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ ।
वैठकले भदौ २४ गतेका दिन नवलपुरको सरकारी संरचना, वर्तमान तथा पूर्व जनप्रतिनिधिहरुको निज सम्पत्तिमा भएको क्षत अपुरणीय रहेको उल्लेख गर्दै उक्त घटना प्रति गहिरो खेत प्रकट गरेको छ । त्यसैगरी उक्त घटनामा सम्लग्नव्यक्तिहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बनिधत निकायको गम्भीर ध्यानाकर्षण गराउँछौं भनिएको छ ।
जेनजीको प्रदर्शनको क्रममा नवलपुरमा संघीय संसद, प्रदेश संसद देखि स्थानीय तहका प्रमुख तथा उपप्रमुखको नीजि सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो ।