नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन




कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ बौलाहा खोलामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी कावासोती ३ निवासी ३२ बर्षीय चुमबहादुर सुनारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोतीबाट सिजीतर्फ जाँदै गरेको प्र. ०४–००१ प ७९३९ नम्बरको मोटरसाइकल पुलको रेलिङमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक सुनारी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा देवचुली नगर अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी देवचुली २ हमाल चोकमा नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्री देवचुली २ हमाल चोक निवासी ६५ बर्षीय गोपाल घिमिरे गम्भीर घाइते भएका छन् ।

उनको उपचारका लागि चितवन पठाइएको छ । उनको टाउको र नाकमा चोट लागेको छ ।

ठक्कर दिने मोटरसाइकलको खोजी भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...