गण्डक ब्यारेजमा बेवारिसे शव फेला


 



कुसुम परियार – 

 

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ ।

 




नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको हाल नाम थर, वतन, नखुलेको अन्दाजी बर्ष २० को पुरुष व्यक्तिको शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

शव पानी बाहिर निकाली थप अनुसन्धान गरिरहेको नवलपुर प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको गैडाकोट नगरपालिका ११ भेडाबारीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा १ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोतीबाट  नारायणगढतर्फ जाँदै गरेको लु. प्र. ०१–००१ ख ०३१२ नम्बरको बसले बा.प्र. ०३–००४ प ३३० नं. को मोटरसाइकललाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा परी मोटरसाइकल चालक गैडाकोट ११ भेडाबारी निवासी ३३ बर्षीय सन्तोष कंडेल घाईते भएका छन् ।

उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको, टाउकोमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...