टरुवा तालमा डुबेर कावासोतीका रमाकान्त भट्टराईको मृत्यु




कुसुम परियार –  

नवलपुर । नवलपुरको कावासोती ७ स्थित टरुवा तालमा डुबेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रङ्गेली ढापमा आज दिउँसो साढे २ बजेतिर एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको थियो ।

कावासोती ८ निवासी ६६ बर्षीय रमाकान्त भट्टराईको टरुवा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी केही दिनदेखि वेपत्ता भएका थिए ।

तालको ढापमा घोप्टो परेको अवस्थामा पानीमा तैरिरहेको अवस्थामा मृत शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव आवश्यक मुचुल्क तयार पारी पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...