कावासोतीमा दुर्घटना, २ जना घाइते, एक गम्भीर 




कुसुम परियार –

नवलपुर । नवलपुरको कावासोतीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ३ अदालत मार्गमा काठमाडौँबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०२२३ नम्बरको बसले अदालतमार्गबाट हाइवे आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ल प ७६१५ नम्बरको स्कुटर लाई ठक्कर दिँदा स्कुटी चालक र स्कुटीमा सवार दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परी स्कुटी चालक नवलपुरको हुप्सेकोट ४ निवासी तिलकबहादुर राणा र उनकी श्रीमती ४९ बर्षीय रेनसरा राणा घाइते भएका हुन् । श्रीमतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ ।

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...