दुई मन्त्रीले गरेनन पहिलो निर्णयमा हस्ताक्षर


 



शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी लिएपछि…

 

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् ।




पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्रीपुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् । मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए ।

त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए ।

मन्त्री पुनले भने, ‘अहिले हस्ताक्षर चैँ गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’  

कर्मचारीले ल्याएको निर्णयमा सञ्चारमन्त्रीले पनि हस्ताक्षर गरेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन

 

नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् । खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।


सम्बन्धित
Loading...