नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो ।

सोमबार विहान कावासोतीमा नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यात्रु सहयता कक्ष स्थापना गरिएको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सोमबार मौत्र गैडाकोट, दलदले, कावासोती र दुम्किबास गरी ४ स्थानमा यात्रु सहयता कक्ष स्थापना गरिएको छ ।

त्यसैगरी मंगलबार अरुणखोला र चोरमारा गरी नवलपुरका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुने नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

ढकालका अनुसार चाड पर्वमा यात्रुहरु बीच बाटोमा लुटिने, सवारी चालकहरुले अभद्र व्यवहार गरेर बीच बाटोमा नै छारिदिने समस्या हुने भएकोले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।



सम्बन्धित
Loading...