कावासोतीको समता शिक्षामा दशैं शुभकामना तथा शैक्षिक सामग्री वितरण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतन कावासोतीले दशैंको उपलक्ष्यमा विद्यार्थीहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ ।
समता शिक्षा निकेतन कावासोतीले दशैं पर्वको उपलक्षमा कक्षा नर्सरी देखी कक्षा १० सम्मका सबै बिद्यार्थीहरूलाई टिका जमरा सहित दक्षिणामा नगद सहित चिट्टा प्रणालीबाट स्कुल ड्रेस, कपी कलम , ज्यामेट्री बक्स, खेलकुद सामाग्रीहरू बितरण गर्दै, शिक्षक अभिभावकहरूसंग शुभकामना साटासाट गर्दै दशै मनाएको छ ।
नंया भवन निर्माण पस्चात अत्याधुनिक डिजिटल प्रबिधी , सुबिधा सम्पन्न कक्षाकोठाहरू, म्युजिक डान्स कक्षाहरू, ए सी रूमहरू सहित बिबिध खेलहरूकालागी खेलमैदान, करेसाबारी सहित आकर्षक बिद्यालय संरचानमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुलको मासिक र अन्य शुल्क समेत अन्य संस्थागतलर सामुदायीक स्कुलहरूको तुलनामा अत्यन्त कम रहेको छ।

वरीपरीका अन्य संस्थागत स्कुलहरूमा ३ महिना तिर्ने शुल्कमा समता स्कुलमा भर्ना सहित बर्षभरी पढाईने वहाले दाबी गर्नु भयो।कक्षा १० मा समेत बिहान ६ बजे देखी बेलुकी ८ बजे सम्म दिवा होस्टल सॅचालन गरिएको र अन्य बिद्यालयहरूको कक्षा १० को एकलमहिनाको मासिक शुल्क भन्दा थोरै रकमा सो समय भित्र दैनिक १६ घन्टा बिद्यार्थीहरूलाई स्कुलमै निगरीनी गर्दै पठन पाठन संगै , ५ पिरियण अतिरिक्त कक्षाहरू , हप्ता र मासिक परिक्षाहरू, खेलकुद, कम्यूटर, मियूजिककक्षाहरू, सबै सुबिधा प्रदान गरिएको उंहाले बताउनु भयो ।
अभिभावकहरूलाई आर्थिक बोझ नहोस भनेर रात्रीकालिन होस्टस नराखिने तर बेलुका १० बजेसम्म पनी बाबुनानुहरूलाई पढाई अभिभावकहरूलाई बोलाएर बाबुनानुहरूलाई घर पठाईएको छ।
यसै क्रममा समता स्कुलका संस्थापक उत्तम संजेलले समता स्कुल नितान्त गैरनाफामुलक स्कुल रहेको र यसमा कोहीपनी कलाकार, ब्यापारी, उद्धोगपतिहरूको लगानी १५ पनी नरहेको र आम अभिभावकहरूले हुनेले फिस तिरेर पढाऊने र नहुनेले निशुल्क पढाउन पाऊने स्कुल समा स्कुल रहेको बताउनु भयो ।
