रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु




दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।




दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ ।

रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक हायस दुर्घटना हुँदा मृत्यु भएका तीनजनाको सनाखत भएको छ। लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट–३ चोरखोलामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका– ५  निवासी ६७ वर्षीय पबि केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशीधर केसी रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा   दुईजना गम्भीर घाइते भएका छन्। गाडी सडकदेखि डेढ सय मिटर तल खसेको छ।

 



सम्बन्धित
Loading...