नवलपुरमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको दुम्किबास सर्दी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ सिलौटे स्थित दुम्किबास सर्दी सडक खण्डमा सर्दीबाट दुम्किबास आउँदै गरेको ना ४३ प ६१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते ३ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार धादिङ घर भई विनयी त्रिवेणी गाउँपालिका २ धुसेरी निवासी १९ बर्षीय सन्तोष गैरेको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
उनको गएराति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा उनकी श्रीमती १८ बर्षीया विनिता गैरे गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी मोटरसाइकल चालक विनयी त्रिवेणी २ कुमालटार निवासी युदेश नेपाली पनि गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा मोटरसाइकल सडकबाट ९ फिट तल खसेको थियो । उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको थियो ।
उनीहरु विनयी त्रिवेणी २ स्थित भट्टराई बुंगु फर्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।