कावासोतीमा मोटरसाइकल दुर्घटना २ जना गम्भीर घाइते
कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोती ८ लोकाहामा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ लोकाहा स्थित पूर्वपश्चिम राजमार्गमा अन्तरगत नवलपुरको कावासोती ८ लोकाहा जंगलमा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका हुन् ।
गैडाकोटबाट कावासोती तर्फ आउदै गरेको गण्डकी प्रदेश ०४–००१ प८०३० नम्बरको स्कुटी र कावासोतीबाट गैडाकोट तर्फ जाँदै गरेको प्रदेश ३–०३००१प १०८२ न.को मोटरसाइकल एक आपसमा ठक्कर खान जाँदा दुई जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक पर्सा जिल्लाको बिरगंज महानगरपालिका २७ बस्ने बर्ष–३५ को अहिद अन्सरी र स्कुटर चालक नवलपुरको कावासोती नगरपालिका ७ बस्ने बर्ष–२८ को बेनिराम महतो गम्भीर घाइते भएका हुन् ।
उनीहरुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।