नवलपुरः जलेर एक जनाको मृत्यु, घटना शंकास्पद




रामकुमार श्रेष्ठ – 

नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान घरमा आगलागी भएर जल्दा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।




नवलपुर प्रहरीका अनुसार नवलपुरको गैडाकोट १० सम्झना चोकमा ८२ बर्षीय श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो ।

आज विहान सम्झना चोकमा उनको दुई तले घरमा आगलागी भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्मी नवलपुरका १५ जनाको टोली गएर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले उक्त आगो विहान साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । शव घटना स्थलमै रहेको छ ।

घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । उनका अनुसार ति महिला घरमा एक्लै बस्दै आएका थिए । शव घोप्टो परेर जलेको अवस्थामा भेटिएको छ ।

घरको च्यानल गेट समेत फोडिएको अवस्थामा रहेकोले घटना शंकास्पद भएको आशंकामा तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ । घटना स्थल अहिले प्रहरीको सुरक्षामा राखिएको छ ।



सम्बन्धित
Loading...