कावासोतीमा लडेर एक जनाको मृत्यु




नवलपुर । नवलपुरको कवासोती १७ चिसापानीमा लडेर एक जनाको मृत्यु भएको छ ।

गएराति कावासोती १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा राति नै अस्पतालले मृत घोषणा गरेको हो ।

उनको शरिरमा घाउचोट केही नभएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...