कावासोतीमा दुर्घटना एक जना घाइते
कावासोती । कावासोतीमा भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
आज विहान कावासोती ८ इन्द्र चोकमा भैरहवाबाट नारायणगढतर्फ आउदै गरेको प्र–१–०२–००१ ख ९७९४ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको ग.प्र. ०४–००१प ७६ नं. को स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी कावासोती ६ निवासी ४९ बर्षीय गोबिन्द ढकाल घाइते भएका हुन् ।
उनको अवस्था मध्यम रहेको र उनको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।