दलदले बौलाहा खोलामा एक जना मृत फेला




कुसुम परियार –

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ स्थित बौलाहा खोला पुल मुन एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।




नवलपुर प्रहरीका अनुसार देवचुली १३ निवासी ५२ बर्षीय गणेश सापकोटा मृत अवस्थामा भेटिएका हुन् ।
उनी पुलबाट हाम फालेको हुन सक्ने जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना स्थलमा अनुसन्धान गरिरहेको छ । उनी आज विहान ८ बजेतिर मृत भेटिएका हुन् । घटना स्थल अहिले प्रहरीको सुरक्षामा राखिएको छ ।



सम्बन्धित
Loading...