गैडाकोटमा एक जना घर भित्रै मृत भेटिए
नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान एक जना पुरुष घर भित्रै मृत अवस्थामा फेला परेका छन् ।
गैडाकोट ५ कुसुमघाट निवासी ३४ बर्षीय आकाश परियार आफ्नै घरको आफू सुत्ने कोठामा मृत फेला परेका हुन् ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि पठाएको जनाएको छ ।