कावासोतीमा आगलागी
कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोती २ शिव मावि पछाडि एक घरमा आगलागी भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती २ शिवमावि पछाडि निर्मला न्यौपाने भट्टराईको घरमा गएराति आगलागी भएको हो ।
आफन्ती हरि प्रसाद भण्डारीलाई भाडामा दिएको २ तले पक्की घरमा तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीय र प्रहरीको सहयोगमा राति १० बजेतिर नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।