परदेशीको तिहार
पैसा साधन हो साध्य होइन तर के गर्नु पैसाकै कारण बेचिन बाध्य छौ हामि परदेशि ।
शालिक राम भट्टराई, टोकियो, जापान ।
‘कान्छा यसपालीको तिहारमा पनी आइनस अर्को साल ता आउलास नी’ दिदिका यी शब्दले म झसङ्ग भए र बिगतलाई फर्किएर हेरे, परदेश आएको पनी बर्सौ भइसकेछ । परिवार, आफन्त, प्रियजन र साथिभाइ संगै दसै, तिहार मनाउन नपाउदाको पिडा कसलाई पो हुदैन र तर जिन्दगिमा आफ्ना इच्छा र आकाक्षा आफ्ना नहुदा रहेछन । परदेशिएका हामी सबै परदेशिको आ आफ्नै पिडा छन ।
कसैलाई घर बनाउनु छ, कसैलाई चुहिने छानो फेर्नु छ, कसैलाई बैंकमा धितो राखेको घर खेतको लालपुर्जा फिर्ता गर्नु छ, कसैलाई बुढा बा आमाको उपचार गराउनु छ, कसैलाई बालबच्चा र भाइ बहिनीलाइ राम्रो बिध्यालय पढाउनु छ त कसैलाइ बिवाहदान गर्नु छ । सबैका थाप्लोमा आ आफ्नै समस्याका चाङ छन । अरु बेला त कामको ब्यस्तताले त्यो आफु जन्मी हुर्किएको प्यारो गाउ, पर्दा ज्यान दिन पनी पछाडी नपर्ने ति साथिभाइ, ति बुढा बा आमा, श्रीमति, बाल बच्चा, पाखा पखेराको याद केहि हदसम्म भएपनी ओझेलमा पर्ने गर्दछ तर जब चाडपर्ब सुरु हुन्छन नी तब त्यो याद थामि नसक्नु आइदिन्छ । दशै सकिना साथ तिहार आउने दिन हातका औला भाच्दै गन्ने गरेका ति पुराना दिन, घरको आगनीमा फुलेका मखमली र सयपत्री सम्झदा त लाग्छ, म गाउमै छु जस्तो तर तन भने यो बिरानो मुलुकमा छ ।
सामाजिक सन्जाल भरि देउसि र भैलो छाइरहदा बालापनमा खेलेको देउसी र भैलोको खुबै याद आउछ । यो बिरानो परदेशका आलिसान महल, रंगीचंगी सबै फिक्का लाग्छन तिहारमा त्यो गाउको बार्दली, ढाेकामा बालिने दियोको उज्यालोका अगाडी ।
तथ्यांक अनुसार हाल ८० लाख नेपाली बिदेसिएका छन । स्वदेशमा ब्याप्त गरिबी, महँगी, र बेरोजगारिको चपेटामा परि बिदेश हानीएका हामी परदेशिले पसिना संग पैसा साटन आफ्नो युवा उमेर, शक्ति, श्रम बिदेशी भुमिमा लिलाम गर्नुपरेको छ । २/४ दिन आफ्नो घर छाडेर अरुको घर जादा त आतिन्छौ हामि तर परदेशिहरु बर्सौ बर्ष एक्लै सघर्श गर्दैछन । देश फरक होला, पैसा कमाइ धेरै थोरै होला तर परदेशिको पिडा भने सबैको एउटै हो । पैसाले घरको आभास दिदैन, आमाको न्यानो माया दिदैन, बा को जस्तो सहारा दिदैन । पैसा साधन हो साध्य होइन तर के गर्नु पैसाकै कारण बेचिन बाध्य छौ हामि परदेशि ।
धर्तिको स्वर्ग जस्तो लाग्छ त्यो गाउ, गाउको कुना कन्दरा, पाखा पखेरा, कलकल बग्ने पानी, ढुंगेधाराको चिसो पानी, मध्यान्नको टन्टलापुर चर्को घाममा कतै जानु पर्दा थकाइ मार्ने चौतारि, क ख पढेको त्यो स्कुल, आफन्त, छरछिमेकी, बारिका फोटा, खेतका फाट आहा । अध्ययन, रोजगारि लगाएत बिभिन्न कामले शहर पसेका तन्नेरि, बिदेशबाट गएका लाहुरे तिहारको रमझममा वल्लोघर र पल्लोघर गर्दै होलान ।काले, गोरे, माइला, साइला र ठुले तासका पत्ता बडदै फलास खेल्दै होलान ।
गैरिखेतको धान भित्र्याइ सक्नुभयो होला, बुढा बा आमा पिडीको डीलमा बसेर आगनीमा खेल्दै गरेका देउसि भैलो हेर्दै हुनुहुन्छ होला । लाग्दो हो मेरो छोरो नि यहि भैदिएको भए कति रमाइलो हुन्थ्यो यो पर्ब । नेपाल हुदा बिदेश गए सपना पुरा हुन्छ जस्तो लाग्थ्यो । खै बिदेश आएको पनी बर्सौ बितिसक्यो सपनाका चाङहरु जिउका तिउ छन । ति सपनाका केही हिस्सा पुरा गर्न मात्रै पाए नि नेपाल जाने दिन आउथ्यो जस्तो लाग्छ । हुनत मैले काम गर्ने कम्पनी राम्रै छ ।
नेपालीले सन्चालन गरेको कम्पनी भएकाले तिज, दशै तिहार जस्ता चाडपर्बमा परदेशमा रहेर पनी घरदेशको न्यास्रोले नसताओस, बिदेसिलाइ पनी नेपालि चाडपर्ब, रितिरिवाज सस्कृतीको पहिचान दिन सकौ भनेर कम्पनीले सबै कामदार जम्मा भएर चाड अनुसारका परिकार संगै एक आपसमा खुशि साटने ब्यवस्था मिलाउने भएकाले पनी धेरै हदसम्म आफ्नै देशमा भएको आभास हुने गर्दछ ।
बिदेश आएको दिनबाट सुरु हुन्छ घर जाने दि गन्न । सुरुका ३ महिना त बर्सौ जस्तो लाग्छ, जुन समयले जिन्दगिका सबै त्याग गर्न सक्ने पाठ पढाइ दिन्छ । निन्द्रा, पैसा र यादले सताउने ठाउ भनेको बिदेश हो । बिदेशमा श्रमको सम्मान हुन्छ त्यहि अनुसारको पारिश्रमिक हुन्छ तर सुनको पिन्जडा हुदैमा पिंजडा भित्रको चरी कहिल्यै सुखि र खुशि हुन सक्दैन । परदेशी जिबन पिजडा हो । पखेटा काटिएको पन्क्षी जस्तै हो । घरि घरि मन उडेर घरदेश पुग्छ तर तन भने परदेशमा नै हुन्छ ।
देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीजनमा तिहारको शुभकामना ।