दीपावलीकाे उज्यालाेमा हरिजन परिवारमा छायाे अँध्याराे: ३ जनाकाे मृत्युले मेटियाे चाडकाे राैनक
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं १ ठूलो दुवियाटोलमा दीपावली र छठ पर्वको अन्तिम तयारी चलिरहेको थियो तर बुधबार साँझ सिंगो गाउँमै सन्नाटा छाउने घटनाले सबैलाई स्तब्ध बनाएको छ ।
तराईबासीको बाहुल्य रहेको यो क्षेत्रमा दीपावलीलगत्तै आएको छठको पूर्वतयारी धुमधामसँग भइरहेको थियो भने मंगलबार दुर्गालक्ष्मी माताको पूजा गरेर त्यहाँ स्थापना गरिएको मूर्ति बुधबार दिउँसो बिर्सजनका लागि केही किलोमिटर टाढा रहेको गैडहवा गाउँपालिकाको वडा नं ६ सूर्यपूरास्थित सन्तेश्वरघाटमा ठूलो संख्यामा स्थानीय जम्मा भएर रमाइलो गरिरहेका थिए ।
सो क्षेत्र वरिपरीका धेरै स्थानीयले यो घाटमा मुख्य पर्व मनाउनेगरी सधैजसो यसरी जमघट हुने गरेका थिए तर बुधबार स्थानीयलाई झस्काउने घटना भयो । यो घाटमा पुगेका मायादेवी गाउँपालिका वडा नं १ ठूलो दुवियाटोलका का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएपछि अहिले त्यहाँ सन्नाटा छाएको छ । केही दिनदेखि तयारी भएका दीपावली र छठका रमाइलो बन्द भएका छन् । अहिले स्थानीयहरु मृतकको घरमा जम्मा भएर शव कुरिरहेका छन् ।
छिमेकी तथा मायादेवी गाउँपालिका १ का वडाध्यक्ष पल्टु लोधका अनुसार मृत्यु हुने रोहित र अजय एकै परिवारका हुन् । उनीहरु काकाभतिज हुन् भने दीपु उनीहरुकै छिमेकी हुन् ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए र त्यही क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य सुरु गरेका थिए। खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको र उनीहरुको पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा लगिएको छ ।
वडाध्यक्ष पल्टु लोधका अनुसार अहिले उनीहरुको शव पोष्टमार्टम गरेर आजै घरमा लगेर नजिकै रहेको हरहरवा घाटमा अन्तेष्टि गरिने छ ।
‘म अहिले शव पोष्टमार्टम गरेर शव घरमा लैजानको लागि भैरहवामा रहेको छु, गाउँमा दीपावली र छठको तयारीका समयमा यस्तो ठूलो विपत्ति आइलाग्यो, दीपावलीको दिनमा शव घरमा पुराउनुपर्ने बाध्यता आइलागेको छ, सिंगो गाउँशोकमग्न छ’ उनले नेपाल प्रेससँग भने–‘कसैले कल्पना नगरेको घटना भयो, हरेकवर्ष यसैगरी मूर्ति सेलाउने ठाउँ हो, अहिले यस्तो घटनाले सबैलाई तर्साएको छ ।’
घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताए ।
<iframe src=”https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F2046328902776489%2F&show_text=true&width=321&t=0″ width=”321″ height=”591″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>