नवलपुरमा देउसी भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु , तीनजना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा देउँसी भैली खेल्ने क्रममा कुटपिट हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका(४ गोग्दीस्थित दुमकट्टामा देउसी भैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
देउसी भैलो खल्ने टोली र स्थानीय ४४ वर्षीय सन्त बहादुर ठाडा मगरबीच वादविवाद हुँदा भैली खेल्ने टोलीले सन्तबहादुर ठाडा मगरलाई कुटपिट गरेको हो ।
कुटपिटबाट ठाडाको मृत्यु भएको छ । घटनामा सम्लग्न ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
कुटपिटबाट गम्भीर घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनी मेडिकल बगैचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका ४ दुमकट्टा निवासी २० बर्षीइ धरन पाइजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने मध्ये २ जना बालिक रहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका ३ जना अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरमा रहेका छन् ।