पानी परेसँगै दाउन्नेमा लामो जाम

रामकुमार श्रेष्ठ –
नवलपुरमा विहानैदेखि पानीले दाउन्नेको बाटो चिम्लो हुँदा सवारी साधनको लामो लाइन लाग्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान ८ बजेबाट उकालोमा मालबाहक सवारी साधनहरु उक्लन सकेको छैन । जसले गर्दा आलोपालो गरेर सवारी साधन पास गराइएको छ ।
दाउन्ने सडक खण्डको १४ किलोमिटर सडक खण्ड भित्र अझै ४ ठाउँमा कल्भर्ड निर्माणको काम नसकिएकोले ४ ठाउँमा सडक एकतर्फी रहेको छ । त्यसमाथि सामान्य पानी पर्दा पनि बाटो हिलो र चिप्लो भएर सवारी साधन उक्लन नसक्ने अवस्थामा रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीले उकालोमा सवारी साधन उक्लन नसकेको कारण दुम्किबाससम्म सवारी साधनको लामो लाइन लागेको जानकारी दिए । उनका अनुसार अहिले एकतर्फी मात्र सवारी साधन सञ्चालनमा आएको छ ।