भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो




रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।

गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।




रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ ।

फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।



सम्बन्धित
Loading...