गैडाकोटमा दुर्घटना एक जना घाइते




नवलपुर । नवलपुरको गैडाकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैंडाकोट नगरपालिका ८ बिजयचोक स्थित पूर्व–पश्चिम राजमार्गमा थुम्सीबाट काग्रेश चोक तर्फ आउदै गरेको ना ४५ प ४४२० नम्वरको मोटरसाइकल चालकले नियन्त्रित गुमाई सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किन गइ सवारी दुर्घटना भएको हो ।




दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाको देवदह नगरपालिका ८ निवासी बर्ष ३६ को निर्मल देवकोटा घाइते भएका हुन् । उनको नयाँ मेडिकल कलेज चितवनमाउ उपचार भईरहेको छ ।

उनको टाउको, बाँया हात र खुट्टामा चोट अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...