कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने

रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने भएको छ ।
मंसिर ५ र ६ गतेगरी दुई दिन निशुल्क रुपमा नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण हुने भएको रोटरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष कृष्ण अर्यालले जानकारी दिए ।
स्वास्थ्य परीक्षण विहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोजकले जनाएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा निशुल्क मुटुरोग परीक्षण हुन लागेको हो ।
पछिल्लो समय मानिसमा हृदयघात, उच्च रक्तचाप जस्ता मुटुजन्य समस्याहरु देखिएकोले रोटरी क्लब अफ नवलपुर कावासोतीले सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क स्वास्थ्य शिविर गर्न लागेको आयोजकले जनाएको छ ।
मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेको अत्याधुनिक मेसिनबाट स्वास्थ्य परीक्षण हुने छ । रोटरी क्लब अफ नवलपुर कावासोतीले समुदायमा मुटु–सम्बन्धी स्वास्थ्य समस्याबारे जागरूकता बढाउने उद्देश्यले दुई दिने निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा उच्च रक्तचाप (High Blood Pressure), मुटुको आक्रमण (Heart Attack) लगायतका विविध मुटु रोगहरूको जाँच, परामर्श तथा जोखिम मूल्यांकन गरिनेछ।
शिविरमा ईको (ECHO), ईसीजी (ECG) सहितका आधुनिक जाँच सेवाहरू उपलब्ध हुनेछ। यसका साथै, विशेषज्ञ मुटु रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रत्यक्ष स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सम्बन्धी सुझाव निःशुल्क रूपमा प्रदान गर्नेछन्।
रोटरी क्लब अफ नवलपुर कावासोतीका अनुसार समुदायका सर्वसाधारण, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा मुटु रोगको जोखिम भएका व्यक्तिहरूका लागि यो शिविर विशेष उपयोगी बन्ने अपेक्षा गरिएको छ। क्लबले सबैलाई स्वास्थ्यकालाई प्राथमिकता दिन, जाँच गराउन तथा अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
यस शिविरलाई रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा तथा स्थानीय स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहयोगमा सञ्चालन गरिँदैछ। कार्यक्रम बारे जानकारी दिन आज पत्रकार सम्मेलन गरिएको थियो ।