कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट


नवलपुरको कावासोतीमा एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ ।

नवलपुरको कावासोती नगरपालिका ८ का ४६ वर्षिय सञ्जय खड्काको घर रातको समयमा एकै घरका ७ जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार माक्स लगाएर आएका २ जनाको समूहले उनीहरुलाई घर भित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल १ थान र रेडमि मोबाइल २ थान र बाला लुटेका छन् । घरका अन्य सामग्री भने चोरी नभएको बताइएको छ ।
प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना माक्स लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशंका गरेको छ ।
साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।

पिँडित खड्काका अनुसार उनिहरुले वृद्ध बुवा आमा, श्रीमति, छोराछोरी र बहिनि समेतलाई नियन्त्रणमा लिई आँफुहरु सामाजिक अभियन्ता भएको साथै स्थानिय मिटरब्याजिहरुको खोजि र कारबाहिको लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।

उनिहरुको धाकधम्किका कारण आँफुहरु डराएको र लामोसमय पछि आँफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा एकथान आईफोन मोबाईल, दुईथान रेडमि मोबाईल र श्रीमतिले हातमा लगाएको बाला समेत लिएर दुवै जना फरार भएको खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दुरिमा, बाटोहरुको चोकमै रहेको घरमा समेत संसाझै यस्तो किसिमको घटना घट्दा स्थानियमा त्रासको वातावरण सिर्जना भएको स्थानिय समाजसेवि एवं खड्काका छिमेकि समेत रहनुभएका कपिलदेव भुषालले बताउनुभयो ।

ल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षकमधु नेपालले मंगलबार राति करिब १ बजे आँफुहरुलाई उक्त घटनाबारे जानकारी आएको र त्यस लगत्तै प्रहरि टोलि खटिईगई रातिबाटै घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

उहाँका अनुसार घरमा भएको सिसिटिभि फुटेज, घटनाको प्रकृति, उनिहरुले प्रयोग गरेको सवारि लगायतको अनुसन्धान जारि रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।



सम्बन्धित
Loading...