नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

कुसुम परियार –
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० बढी यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका खजुरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुबहाक बसको चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुहरु मध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
उनका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको छ ।
बसड सडकबाट १५ मिटर खाल्डोमा खसी खसेको हो । घाइतेहरु सबै खतरा मुक्त रहेको नवलपुर प्रहरीले जनाएको छ ।