नवलपुरमा सवारी दुर्घटना, १ को मृत्यु, २ घाइते

नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति रोकि राखेको कर्णाली प्रदेश ०२–००१–ख ०५६४ नंं. बसमा ठक्कर खाएर पल्टिएको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई ना ६ ख ४८१३ नंं को ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक कावासोती १६ गैडाचोक निवासी बस्ने ४२ वर्षीय हिरा बहादुर परियारको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार कावासोती–३, पुरानो कावासोती निवासी ३२ वर्षीया सुनिता जोहार्ज र कावासोती –१४, त्रिभुवनटार निवासी २४ वर्षीया मीना मगर घाइते भएका छन् । घाइते मध्ये सुनिताको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते सुनिताको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । भने सुनिताको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस र ट्रक दुवै फरार भएपछि स्थानीयले राति नै केही बेर सडक अवरुद्ध गरेको थियो ।
ठक्कर दिने ट्रक र ट्रक चालक मकवानपुर थाहा नगरपालिका निवासी २८ बर्षीय विज्ञान केसीलाई चोरमारा प्रहरीले र बस र चालक पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका ५ निवासी ४४ बर्षीइ जैनुल मिया अन्सारीलाई बेल्डिया प्रहरीले नियन्त्रणमा लिए पछि राति साढे २ बजेतिर अवरुद्ध सडक खुलेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस, बस चालक, ट्रक र ट्रक चालक अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।