समता स्कूल कावासोतीका विद्यार्थीले गरे फुट फेस्टिबल (फोटो फिचर)


कावासोती । नवलपुरको कावासोतीमा रहेको समता स्कुलको कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरू फुड फेस्टिवल २०८२ को आयोजना गरेका छन् ।
समता स्कुल कावासेती ३ को खेल मैदानमा आयोजित कार्यक्रम लेखाशास्त्र विषय अध्यापन गराउने शिक्षक विजय पुलामी मगरको सॅयोजकत्वमा फुड फेस्टिबल आयोजना गरिएको हो ।



बार्षिक रूपमा आयोजना गरिने कार्यक्रममा बिद्यार्थीहरूले बिभिन्न खाध्य परिकारहरू, सेल रोटी , अचार, म म , पकौडा, अन्डा, तरकारीका परिकारहरू, नन भेज चिकन मटनका परिकारहरू बनाएका थिए ।

विद्यार्थीहरुले आंफै पकाई, ग्राहकहरूलाई कसरी सेवा प्रबाह गर्न सकिन्छ, कसरी खाध्य परिकार बिक्री गर्न सकिन्छ, कसरी मुनाफा आर्जन गर्ने, आर्जित मुनाफा कसरी सदुपयोग गर्ने लगायत व्यवसायिक ज्ञान व्यवहारिक रूपमा स्वयम आंफै सहभागी भै सिक्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो ।




 



सम्बन्धित
Loading...