सुरज भुजेलको नेतृतवमा नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरको नयाँ नेतृत्व चयन


नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुर जिल्लाको दोस्रो अधिवेशनले सुरजकुमार भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।



कावासोतीमा भएको अधिवेशनले भुजेलको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा अर्जुन गुरुङ, हुमा रानाभाट, महिला उपाध्यक्षमा अम्बिका बराल, सचिवमा माधवप्रसाद पाण्डे, सहसचिवमा चामबहादुर राना र कोषाध्यक्षमा प्रबन्धा क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा मैना पंगेनी, मनकुमारी तामाङ र अम्बर सिंजाली सर्वसम्मत निर्वाचित भएका छन् । ५ सदस्यीय पछि मनोनित गरिने अध्यक्ष भुजेलले जानकारी दिए ।




अधिवेशनको उद्घाटन शत्र सुरज भुजेलको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारी विद्यालय कर्मचारीमाथि भईरहेको विभेद अन्त्यका लागि केन्द्रदेखि स्थानीय तहसम्म आवाज उठाउने पर्ने र आवश्यक परे स्थानीय तहसम्म आन्दोलन गर्नु पर्नेमा जोड दिए ।

उनले आन्दोलनको माग एकै पटक पुरा नहुँने बताउँदै माग पुरा नहुन्जेल पटक पटक आन्दोलनमा जानुको विकल्प नरहेकोमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष विक्रम झा, नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी, नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय सदस्य कृष्णप्रसाद गौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरका अध्यक्ष टिकाराम डुम्रे, एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपुरका अध्यक्ष दुजमान श्रीपाली, कालिका माविका कावासोती ५ का प्रधानाध्यापक मिनबहादुर लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष भुजेलले नवलपुरमा पनि केही विद्यालय तथा पालिकाहरुले शिक्षक कर्मचारीहरुमा विभेद गर्ने गरेको गुनासो गरे ।

माधवप्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष अम्बिका बरालले गरेका थिए ।



सम्बन्धित
Loading...