नवलपुरमा लागुऔषध सहित १ महिला पक्राउ




नवलपुर । नवलपुर प्रहरीले एक जना महिलालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार नवलपुरको देवचुली नगरपालिका ६ मुण्डे निवासी ४२ बर्षीया फूलमाया सुनारी लागुऔषध सहित पक्राउ परेका हुन् ।




गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई उनकै कोठाबाट लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारीलाई नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रहरीले उनको घरको उनकै कोठाबाट ट्रामाडोल १३९४ ट्याब्लेट, एनारगत १०२० ट्याब्लेन, प्रोमेथ ६३० ट्याब्लेट र खुल्ला गाँजा १ केजी बरामद गरेको जनाएको छ ।

प्रहरी निरीक्षक गुरुङले घटनाको अनुसन्धान भईरहेको बताउँदै सुनारी लागुऔषध प्रयोगकर्ता, कारोबारी वा मध्यवस्तकर्ता के हो अनुसन्धान भईरहेको बताएका छन् ।



सम्बन्धित
Loading...