नवलपुरमा बम डिस्फोज




नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीमा भेटिएको बम डिस्फोज गरिएको छ ।

मंगलबार सर्दीको हिरौटेबाट पहेलटाँडी जाने कच्ची बाटोमा बम (हेन्ड ग्रिनेट) जस्तो देखिने बस्तू नेपाली सेनाको टोलीले डिस्फोज गरेको हो ।




उक्त बम माओवादी जनयुद्ध कालमा छाडिएको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उक्त वम नेपाली सेना नम्बर २ वन तथा पर्यावरण गण हात्तीखोरबाट गएको टोलीले डिस्फोज गरेको हो ।



सम्बन्धित
Loading...