नवलपुरमा महिला हिंसा विरुद्ध सचेतना र्याली




नवलपुर । नवलपुरको कावासोतीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना मूलक र्याली गरिएको छ ।

कावासोती स्थित कुमारवर्ती चोकबाट फलफूल चोकसम्म र्याली गरिएको थियो । र्यालीमा सचेतनामूलक प्लेकार्डहरु पनि बोकिएको थियो ।




र्याली पछि कावासोतीको फलफूल चोकमा कोण सभा समेत गरिएको थियो ।

कार्यक्रम द्वन्दपीडित महिला सञ्जाल नवलपुर, पद्मालय नागरिक आवाज नवलपुर र नेपाल महिला एकता समाज नवलपुरको संयुक्त आयोजनामा भएको हो ।

प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ यस बर्ष लैगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदैछ ।
हरेक बर्ष नेभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरिन्छ ।

 



सम्बन्धित
Loading...