नवलपुरः बलेरोको ठक्करबाट नेपाली सेना घाइते

नवलपुर । नवलपुरको गैडाकोट १० सिर्जना चोकमा बलेरोको ठक्करबाट एक जना नेपाली सेना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट १० सिर्जना चोकमा पूर्व पश्चिम राजमार्गमा दलदलेबाट नारायणगढतर्फ आउदै गरेको प्र ३–०१–०२४ च ३२०६ नं. को योद्दा बलेरो गाडीले सु.प.प्र. ०२–००३ प ६४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कञ्चनपुर सुक्लाफाँट नगरपालिका १० बस्ने नेपाल आर्मी गरुणदल गण चरिकोट दोलखाको प्युठमा कार्यरत बर्ष २७ को महेश चुनाहारा घाईते भएका हुन् ।
उनको उपचारको लागि गैंडाकोट नगरअस्पताल लगिएको, उनको दाँया कुम फ्याक्चर भएको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।