नवलपुरमा एक जनाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१ बर्षीय कृष्ण पुलामी मृत भेटिएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । घटना शंकास्पद भएको भन्दै हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।