विवाहमा हिडेका कावासोतीका एक पुरुष चोरमारामा मृत फेला




कुसुम परियार –

नवलपुर । विवाहमा जान्छु भनि घरबाट हिडेका नवलपुरका कावासोतीका १ जना पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती ५ घर भई हाल कावासोती ३ थारु टोल बस्दै आएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला परेका हुन् ।

उनी सडकमा अत्यधिक जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनको शरिरमा चोटपटक नदेखिएको र उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...