अरुणखोलाबाट रामपुर हिडेको फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु ५ जना घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको अरुणखोलाबाट पाल्पा रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका ४ चिउरीबासमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु भएका ३ जना नै महिला हुन् । उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी ३ जना महिला र २ जना पुरुष गरी ५ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।
फोर्स गाडी उकालो घुम्तीबाट आफै अनियनत्रीत भई सडकबाट अन्दाजी १ हजार २०० मिटर तल खस्न गई दुर्घटना भएको भएको प्रहरीले जनाएको छ ।