पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत




पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत भएको छ ।

पाल्पा प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालका ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका ७ ज्यामिरेकी ३६ बर्षकी केम कुमारी सारुको सनाखत भएको छ ।




अर्का एक जनाको अझै सनाखत हुन सकेको छैन । मृतक ३ जना नै महिला हुन् ।

नवलपुरको अरुणखोलाबाट पाल्पा रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका ४ चिउरीबासमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरु मध्ये ठेगाना नखुलेका अन्दाजी ४१ बर्षीय पुरुष सुन्दर सुनारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी सुन्दर सुनारका १० बर्षीय छोरालबिस सुनार र ५ बर्षीय छोरी प्रिन्सा सुनार पनि घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी दुर्घटनामा परी पाल्पाको निस्दी गाउँपालिका ४ निवासी २८ बर्षीया मीनाकुमारी सुनारी, सोही ठाउँका ९ बर्षीय नवराज खाम्चा, ५ बर्षीय सालिन खाम्चा, ७३ बर्षीय नर बहादुर सुनारी, ७२ बर्षीया भुमीसरा सुनारी र पाल्पाको रामपुर नगरपालिका २ घर भई हाल नवलपुरको मध्यविन्दु नगरपालिका १३ निवासी ३१ बर्षीया बुद्धिमाया विक घाइते भएका छन् ।

घाइतेहरु मध्ये अधिकांशको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको र केहीलाई थप उपचारका लागि चितवन तर्फ पठाइएको नवलपुर प्रहरीले जनाएको छ । उक्त फोर्स गाडी उकालो घुम्तीबाट आफै अनियनत्रीत भई सडकबाट अन्दाजी १ हजार २०० मिटर तल खस्न गई दुर्घटना भएको भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...