नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी

रामकुमार श्रेष्ठ –
नवलपुर । नेकपा एमालेको महाधिवेशनमा नवलपुरबाट ८ जनाले केन्द्रिय कमिटिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेकपा एमाले नवलपुर स्रोतका अनुसार केन्द्रिय कमिटिमा हालका केन्द्रिय सदस्यहरु तिलक महत, कृष्ण पौडेल, रविन्द्र अधिकारीले केन्द्र्रिय कमिटिमा उमेदवारी दिने तयारी रहेको छ ।
त्यसैगरी यस अघि लेखा आयोगका सदस्य रहेकी गण्डकी प्रदेश सभा सदस्य एवम् गण्डकी प्रदेश मन्त्री पद्मा जिसी श्रेष्ठले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
त्यसैगरी नेकपा एमाले नवलपुरका पूर्व जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन बहादुर गाहाले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी र बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले पनि उम्मेदवारी दिने चर्चा रहेको छ ।
नेकपा एमालेको महाधिवेशन २७, २८ र २९ गते काठमाडौंमा हुँदै छ । नवलपुरबाट १५ जना प्रतिनिधि छनौट भएका छन् ।
एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।