पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो




नवलपुर – पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारको क्रममा थप एकजनाको गरि ४ जनाको मृत्यु पुष्टि भएको प्रहरीले बताएको छ । उपचारको क्रममा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।




नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दरको विकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शुक्रबार निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवरपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया विकको दुर्घटनास्थलमै मृत्यु भएको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए । मृतकमध्ये सुन्दर र बुद्धीमाया श्रीमान, श्रीमती हुन् ।

दुर्घटनामा सुन्दर र बुद्धिमायका २ छोरा र छोरी भने सामान्य घाईते भएका छन् । जिप सडकबाट एक हजार एक सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...