गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–८, न्युरेचोकमा गैँडासँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती १७ गोछडा निवासी २७ बर्षीय अभिषेक महतो घाइते भएका हुन्। कावासोतीबाट गोछडातर्फ जाँदै गरेको बा–प्र.०३–०४ प ७३ नम्बरको मोटरसाइकल बाटोमा अचानक गैँडासँग ठोक्किएको थियो।
दुर्घटनामा चालक महतोको दुबै हात र खुट्टामा मध्यम चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कावासोतीस्थित कालिगण्डकी अस्पताल पठाइएको जनाइएको छ।