देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते 




कुसुम परियार –

नवलपुर ।  नवलपुरको देवचुली नगरपालिका – १४ क्याम्पस चोक नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।




नवलपुर प्रहरीका अनुसार शुक्रबार करिब २ बजेको समयमा दलदलेबाट कावासोतीतर्फ जाँदै गरेको बा ७० प ००७ नम्बरको मोटरसाइकल र रोड क्रस गर्न लागेको ना १९ प ६६७७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा स्कुटर चालक देवचुली नगरपालिका–१४ निवासी अन्दाजी ४० वर्षीया सरस्वती बस्याल, स्कुटर पछाडि सवार सोही स्थानकी अन्दाजी ४०–४५ वर्षीया पवित्रा थापा तथा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ निवासी २५ वर्षीय बिपिन नेपाली घाइते भएका छन्।

स्कुटीमा सवार घाइते दुई जना चितवन एलाईभ अस्पतालमा र मोटरसाइकल चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...