कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको कावासोती १५ गुन्द्रेही ढकाहा सामुदायिक वनमा दाउरा लिन गएका एक जना पुरुष भालुको आक्रमणमा परी घाइते भएका छन् ।
हुप्सेकोट २ घर भई हाल कावासोती १५ गोडार निवासी २८ बर्षीय भुवन सिंह सुनारी मगरलाई भालुले आक्रमण गरेको हो ।
प्रहरीका अनुसार उनको मअध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । उनको कम्मर र टाउकोमा चोट लागेको छ ।