दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो


कुसुम परियार –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा राष्ट्रिय वन अतिक्रमण गरेर बनाइएका ११ वटा घर टहरा तथा होटल वन कार्यालयले हटाएको छ ।

पूर्वपश्चिम राजमार्गका आसपास बनाइएका ११ घर टहरा डिजिभन वन कार्यालय नवलपुरको टोलीले सुरक्षाकर्मी परिचालन गरेर हटाएका हुन् । यस अघि वन कार्यालयले ३५ दिने सूचना जारी गरी घर टहरा हटाउन भनेको थियो । स्थानीय बासिन्दा तथा व्यापारीले भने वन कार्यालयको यस कार्यको विरोध गरेका छन् ।

यहाँ बनेका पुराना संरचनाहरु भने हटाएका छैनन । केही दिन अघि मन्त्री कुलमान घिसिङ आउँदा यहाँका बासिन्दाले दाउन्ने बजारमा बनेको संरचना र बस्ती नहटाउन आग्रह गरेका थिए ।

 



सम्बन्धित
Loading...