नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते

कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली १६ रहजर स्थित पूर्वपश्चिम राजमार्गमा युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी ना २१ प ४०९ नम्बरको मोटरसाइकल चालक लम्जुङ जिल्ला निवासी ५७ बर्षीइ रश बहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारको क्रममा देवचुली अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवारी नवलपुरको कावासोती ५ निवासी २२ बर्षीया हेमा गुरुङ गम्भीर घाइते भएका छने् । उनको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ । उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा सम्लग्न ट्रक, ट्रक चालक भारतको उत्तर प्रेदेश ईस्लामपुर ईस्लामनगर निवासी ३५ बर्षीय हसरुदिन खान प्रहरी नियन्त्रणमा रहेको छ ।