नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु




कुसुम परियार – 

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ बर्षीय दल सिंह थापाको मृत्यु भएको हो ।




नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १० अरुणखोलाको अरुणखोला सामुदायिक वनबाट कटान गरेको दाउरा लोड गरेको लु ४ त ६२९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टरको पछाडि ट्राली अचानक पल्टिन गई दुर्घटना हुन जाँदा लोड गरेको मुडा माथी सवार थापा गम्भिर घाईते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याएको थियो ।

उनलाई अस्पतालका चिकित्सकले आज दिउँसो १२ बजेतिर मृत घोषणा गरेका थिए । ट्याक्टर र ट्याक्टर चालक ३९ बर्षीय गणेश बागबल प्रहरीको नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...