नवलपुरः ११ दिनदेखि वेपत्ता पुरुष मृत भेटिए




नवलपुरको देवचुली–७, लाहुरे चोकमा गोर्खा जिल्लाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी ३० वर्षीय रुपेश चेपाङ मृत अवस्थामा फेला परेका छन्।

विगत १०–११ दिनदेखि सम्पर्कविहीन रहेका चेपाङको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी यहाँ ज्याला मजदुर गर्ने गर्दथे ।




शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...