अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ




नवलपुरको अरुणखोलामा एक जना महिलाको शव हत्या गरेर फालिएको भेटिएपछि घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मध्यविन्दु ११ बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा भित्र पोको पारी फालिएको अवस्थामा भेटिएको थियो ।




शव मध्यविन्दु १० निवासी ३५ बर्षीया रिता मुसहरको हो । घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेका छैनन् । १ जना मधेषी मुलका नागरिक सहित ३ जना पक्राउ परेका हुन् ।



सम्बन्धित
Loading...