देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी

कुसुम परियार –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ गौरीपुरमा कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको छ।
सिता ढकालको घर नजिक ब्लकले बनेको जस्ताले छाएको गोठमा राखिएको भुसमा अचानक आगो सल्किएको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रजहरबाट गएको प्रहरी टोली, स्थानीय बासिन्दा र कावासोती नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब २०–२५ बोरा गहुँको भुस सहित अन्दाजी ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।